हाँसोले मानिसको यौन जीवनलाई सफल बनाउने

एजेन्सी-२७ असार

यौन अभ्यास मा हास्नु पनि पर्छ । खुलेर कुरा गर्नु पर्छ । आफु आफुमा हास्दै रमाउनु पर्छ ।मनोवैज्ञानिकहरु हाँसोले मानिसको यौन जीवनलाई सफल र रोमाञ्चक बनाउने तर्क गर्दछन् साथै हाँसोले खुसी र सुखको अनुभव गराउने भएकाले मानसिक तनावबाट पनि मुक्त गराउने उनिहरुको भनाई रहेको पाईन्छ ।

मनोवैज्ञानिकहरुका अनुसार मज्जाको हाँसो हाँस्ने अथवा भित्रै देखी खुलेर हाँस्ने मानिसहरुमा शरिरको तौल सन्तुलनमा रहने र युवा अवस्थामा देखीने बुढौली पनका लक्षणहरुबाट मुक्त हुन्छन् । मनोवैज्ञानिकहरु भन्छन – ‘हाँसोखुसी रहने मानिसहरुको यौन जिवन मात्र होईन शारिरिक र मानसिक अवस्थामा समेत सकारात्मक परिवर्तन आउने गर्दछ । उन्मुक्त हाँस्ने मानिसको मस्तिस्कमा बिशेष खालको रसायन उत्पन्न हुन्छ जस्ले सारा तनावहरुलाई एकै पटकमा भुलाईदिन्छ ।ु त्यस्तै बढी हाँस्ने मानिसहरुमा उत्पन्न हुने बिशेष खालको हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ । यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयु बढ्ने तथ्य सार्वजनिक गरेको थियो ।यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ छ ।त्यस्तै हाँसो खुसी रहने मानिसहरुको मानसिकता पनि सकारात्मक रहने र त्यसले यौन साथिसंगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग र्पुयाउने उनिहरुको दाबि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया