कहिले कसको हात थमाउछ !

कहिले कसको हात थमाउछ कहिले कसको साथ

कथाले मागे जस्तै फलक्दै हिड्छ बिहान साँझ

उ धेरै भयो अचेल 

कहिले गुनगुनाउँदै हिड्छ

उ आफनै भाकामा

भन्नलाई त भन्छ म यो देसको मुहार फेर्छु

सफल इतिहासको एउटा पाटा जोड्छु

तर विडम्बना

न वर हेर्छ न पर हेर्छ

फरक गित , फरक भाका मिलाउदै  मिलाउदै

तिमीलाई त कहिले उनीहरुलाई पछौदै

हतार हतारमा कुदिरहेको छ

बस्

कुदिरहेको छ

-सगिता सुबेदी

फेसबुकबाट तपाईको प्रतिक्रिया