प्रतिबन्ध फुकुवा भएपछी पहिलो पटक नेकपा बिप्लप समुहको भात्री सँगठनहरुको रास्ट्रीय भेला सम्पन्न भएको छ । यसै क्रममा चैत्र अन्तिम हप्ता अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) रास्ट्रीय भेला सिन्धुलीमा सम्पन्न भएको थियो ।
सामन्त दलाल तथा भुमाफियाको सम्पती रास्ट्रीयकरण गरौं,बैज्ञानिक समाजबादको दिशामा अगाडी बढौं भन्ने नारा लिइ उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । २०७७ सालको २४ चैतमा सुरु भएको भेलाले बिभिन्न समसामयिक निर्णय गरेको थियो । एक बिज्ञप्ती प्रकाशित गर्दै भेलाले दलाल तथा भुमाफियाका बिरुद्द आन्दोलन गर्ने, कब्जा गरिएको जमिन भुमाफियाको हातमा जान नदिने लगाएतका प्रस्ताब पारित गरेको थियो ।
क्रान्तिलाई दरो संग समातेर उत्पादनमा ब्यापक बृद्धी गर्ने किसानको जमिन कब्जा गर्ने षड्यन्त्रलाई भन्डाफोर गरी ससक्त रुपमा खारेज गर्ने निर्णय पनि गर्यो । भेलाले हरी श्रेस्ठको अध्यक्षयतामा २७ सदस्य नयाँ केन्द्रिय समिती चयन गर्यो । उपादक्ष्यमा काली बहादुर शाही र कर्ण सेन्, महासचिबमा सागर अर्याल, सचिबमा दावा हिम्बो र सागर तामाङ, यसैगरी कोषाधक्ष्यमा दिनेश निरौला चयन भए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया