अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच सम्झौता

काठमाडौं ०९ फागुन २०७७।

अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच  बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

एक कार्यक्रमका बीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसंग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको बीमा सेवा गर्ने गराउने कार्यका लागि सम्झौता भएको हो ।

उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले हस्ताक्षर गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया