ललितपुर । अदालतको अवहेलनामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दोस्रो मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको ०७९÷८०को बजेट वक्तव्यको बुँदा नम्बर १९९ यसपालिको बजेटमा ८७ औं बुँदामा पार्दै अदालतको अपहेलना गरेको जिकीर त्रिपाठीको छ । अदालतले खानीजन्य निर्यात रोक्न परमादेश जारी गरेको थियो । अर्थमन्त्री पौडेलले जेठ १५ मा संयुक्त सदनमा पेश गरेको आर्थिक बर्ष ०८२÷०८३ को बजेटको बुँदा नम्बर ८७ निर्यात नीति लिएपछि अदालतको अवहेलना ठानिएको हो ।
प्रधानमन्त्रीविरुद्ध अघिल्लो मुद्दा गत माघ २८ मा परेको थियो ।
ओली सरकारले भूमि अध्यादेश जारी गरेपछि अधिवक्ता ओमप्रकाश अर्यालले ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । मुद्दा अदालतमा विचाराधीन छ ।