Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

अदालतको आदेश पश्चात् काममा फर्किए राजु पाण्डे

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजु पाण्डे उच्च अदालत पाटनको आदेश पश्चात् पुन काममा फर्किएका छन् । प्रमुख प्रशासकीय अकिृत सरोज गुरागाइँले ६ महिनाका लागि निलम्बन गरेका प्रमुख राजु पाण्डे उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि काममा फर्किएका हुन् ।

पाण्डेले आज १० बजे सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिरी गरेका छन् । यससँगै आजबाट उनको ६ महिने निलम्बन फुकुवा भएको छ भने उनले आफ्नो काम पुनः सुरु गरेका छन् ।

हिजो (बुधबार) उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै उनी विरुद्ध परेको निलम्बन निलम्बन कारबाही कार्यान्वयन नगर्न आदेश दिएको थियो । उनलाई प्रशासकीय अधिकृत गुरागाईँले गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले गत जेठ २६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया