वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक अमेरिकीलाई कम्तीमा २ हजार डलरका दरले ‘ट्यारिफ लाभांश’ दिने घोषणा गरेका छन् । यो रकम जनतालाई नगदमा दिइनेछ कि यो कर कटौती वा कुनै छुटको रूपमा दिइनेछ भन्ने चाँहि अझै पनि खुलेको छैन ।
उनले विश्वव्यापी रूपमा लगाएको करबाट प्राप्त हुने राजस्वबाट उक्त लाभांश बाँड्ने लागेका हुन्। राष्ट्रपति ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत सबै अमेरिकीलाई प्रतिव्यक्ति कम्तीमा २००० डलरका दरले लाभांश दिने घोषणा गरेका हुन्।
अमेरिकाले ट्यारिफ (अतिरिक्त भन्सार महसुल)बाट खर्बौ खर्ब डलर उठाइरहेको अनि चाँडै ४ हजार ३७० खर्ब डलरको ठूलो ऋणको थुप्रो तीन सुरु गर्ने पनि पोस्टमा लेखिएको छ ।
यो योजना लागू हुनका लागि भने कंग्रेसको स्वीकृति आवश्यक पर्नेछ। विश्लेषकहरूले भने ट्यारिफबाट उपलब्ध हुने वास्तविक पैसा कम हुन सक्ने चेतावनी दिएका छन्।
ट्रम्पले आइतबार गरेको घोषणा अनुसार उच्च आय भएका व्यक्तिहरूले भने उक्त रकम पाउने छैनन् । एजेन्सी



















फेसबुकबाट तपाईको प्रतिक्रिया