२०८२ मंसिर २५ | Dec 11, 2025

अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन २६
|
102 views

काठमाडौं २६ फागुन २०८०।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक नभइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए ।

उनले चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको बताए । निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने उनको भनाइ छ ।

‘हामी आग्रह गर्दछौँ कमसेकम इकोनोमिक एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ, इकोनोमिक एजेन्डामा यहाँहरू एक ठाउँमा आउनुभयो भने देशको समृद्धि सहजै सम्भव छ,’ उनले भने, ‘व्यावसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भन्ने हुन्छ, त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला ।’

उनले चैत्र २८ गतेको महासंघको साधारणसभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको बताए । उनले निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताए ।

सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेन्ट छिटो पास गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया