ललितपुर । विपक्षी दलहरू आगामी रणनीति बनाउन बैठक बसिरहेका छन् । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित छैनन् । उक्त पार्टीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठकमा प्रतिनिधित्व गरेका छन् ।
भिजिट भिसा प्रकरणमा छानिबनका लागि समिति वा आयोग बनाउनुपर्ने माग विपक्षीको छ । गृहमन्त्रीको राजीनामाको मागबाट भने विपक्षी दलहरू पछि हटिसकेका छन् । शनिबार बूढानीलकण्ठमा केपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको थियो ।
उक्त भेटमा देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति आवश्यक नरहेको बताएका थिए । प्रचण्डल भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकभन्दा पनि समग्र समस्या समाधानका लागि छानबिन समिति बनाउनुपर्ने विपक्षी दलको माग रहेको बताएका थिए ।