काठमाडौँ । आज देशभर विभिन्न कार्यक्रमका साथ जनआन्दोलन दिवस मनाइँदैछ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन मनाउन लागिएको हो ।
विसं २०४६ सालमा आजैका दिन अर्थात् चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाइन्छ । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गतेबाट भएको थियो ।
विसं २०४६ सालदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी आजभन्दा करिव ३५ वर्ष अगाडि ३० वर्षे लामो पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । ३ दशक लामो पञ्चायती व्यवस्थाको अन्त्यका लागि कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा ५० दिनसम्म जनआन्दोलन ५० चलेको थियो ।
त्यसपछि विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्नुभएको थियो ।
त्यतिबेला देखि नै बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाइन्छ । यसै अवसरमा यो वर्ष पनि देशभर विभिन्न कार्यक्रमका साथ जनआन्दोलन दिवस मनाउन लागिएको हो ।