आज पनि घट्यो सुन

काठमाडौं १५ फागुन, २०८१ । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य घटेको छ । बुधबार ८०० रुपैयाले घटेको सुनको मूल्य विहीबार पनि घटेको हो । आज (विहीबार) सुनको मूल्य २०० रुपैयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (विहीबार) छापावाल सुन एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी बुधबार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघले जानकारी गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया