ललितपुर । नेपाल राष्ट्र बैंकले आज (बुधवार) ५० अर्ब निक्षेप तान्ने भएको छ । वित्तीय प्रणालीमा देखिएको अधिक तरलता र व्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले यसरी निक्षेप तान्न लागेको हो ।
गत हप्ताबाट लामोसमयका लागि अर्थात १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पनि दीर्घकालिन निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।















फेसबुकबाट तपाईको प्रतिक्रिया