२०८२ मंसिर २८ | Dec 14, 2025

आज फेरि बजारबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
1k views

ललितपुर । आज (आइतबार) फेरि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि तरलता र ब्याजदर ब्यवस्थापनका लागि राष्ट्र बैंकले फेरि यसरी रकम झिक्न लागेको हो । राष्ट्र बैंकले ८४ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । गत साता बैंकले १७५ दिनका लागि ४० अर्ब रुपैयाँ झिकेको थियो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया