२०८२ फाल्गुन ५ | Feb 17, 2026

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १४
|
459 views

ललितपुर । आज सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो १ः१५ बजे बस्ने भएको हो।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत कार्यसूची रहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची समेत रहेको छ। 

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०ः३० बजे बस्दैछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)
विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया