ललितपुर । आज विश्व मधुमेह दिवस हो । आजका दिन नेपाल सहित विश्वका विभिन्न देशका विविध चेतनामूलक कार्यक्रमका यो दिवस मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको मुख्य उद्देश्य हो ।
सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो । सन् २००७ देखि नै संयुक्त राष्ट्रसंघले सबै सदस्य राष्ट्रलाई मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न प्रोत्साहन गर्दै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए । यो रोग मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण बढ्दै गएको अनुसन्धानले देखाएको छ । स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने सरल उपाय हुन् ।
उक्त विश्व संस्थाले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया