काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। संघीय संसद सचिवालय, सिंहदरबारमा दिउँसो ३ः३० बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ । दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन लेखनका लागि केही दिन समय लाग्ने भएकाले आजको बैठकमा समय थप माग गर्ने भएको छ।