काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ५०० रुपैयाँले घटेको छ । अघिल्लो दिन अर्थात मंगलबार हालसम्मकै ऐतिहासिक मूल्यमा कारोबार भएको सुन, आज उच्च दरले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज सुनको मूल्य ७ हजार ५०० रुपैयाँ घटेको हो।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, बुधबार ५ रुपैयाँ घटेर तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।