ललितपुर । नेपाली काँग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले निवेदन दिएकै भोलिपल्ट देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेता आज निर्वाचन आयोग पुगेका छन् । दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् ।
दुवै समूह पार्टीको आधिकारिकता आफूहरुकै पक्षमो रहेको दाबी गर्दै एकपछि अर्को गर्दै आयोग पुगेका छन् ।
शुक्रबार देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहनु पर्ने माग सहित खड्का माथिल्लो तलामा आयोगसँगको छलफलमा रहेका छन् भने आयोगको तल संस्थापन पक्षका कार्यकर्ताको भीड लागेको छ ।
यतिबेला देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादु खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोइराला, मीन विश्वकर्मा, नैनसिंह महरलगायत नेता निर्वाचन आयोग पुगेका छन् ।
यसअघि हिजो मात्र गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया