सिरहा । गृहमन्त्री रमेश लेखकले सिराहमा भएको महिलाको मृत्यु प्रकरणबारे सत्यतथ्य छानविन गर्न सिराहा प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । मंगलबार सिरहाको नवराजपुर गाउँपालिका(३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको आफ्नै निवासमा मृत्यु भएको थियो । उनी करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी थिइन् ।
।
यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिइसकेको कुरा गृह मन्त्रालयको सचिवालयले जनाएको छ ।
मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका(१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुव्र्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी गराएको छ । उनका अनुसार अभियुक्तहरु उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भए पनि अझसम्म पक्राउ परेका छ्रैनन् ।
“गत फागुन २५ गते अभियुक्तहरु विरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनालगत्तै पीडकहरू फरार छन् । “पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ ।”
“मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन् । आनन्दीदेवी एकवर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन् ।
अहिले मृतक आनन्दीदेवीको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।