काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चौबीस दिनदेखि राजधानी केन्द्रित सडक आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई नवनियुक्ति शिक्षामन्त्री पन्तले वार्ताका लागि अह्वान गरेका छन् ।
मन्त्री पन्तले आन्दोलनरत शिक्षकहरुप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै वार्ताका लागि बोलाएका हुन् । उनले विगतमा झै शिक्षकहरुसँग वार्ता र छलफलबाटै समाधानका उपाय खोज्न यथाशीघ्र वार्तामा आउन नेपाल शिक्षक महासंघलाई आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ । तर, शिक्षक महासंघले भने वार्तामा जाने कि नजाने विषयमा केही बोलेको छैन ।