|
|
२०८२ कार्तिक ३०
765 views
ललितपुर। निर्वाचन आयोगले नयाँ दल दर्ताको समय कात्तिक ३० गतेबाट बढाएर मंसिर ६ गते पुर्याएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ अर्थात् आगामी शनिबारसम्म नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो ।
निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म जम्मा १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । आयोगका अनुसार सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको हो। थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको र ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको पनि आयोगले जनाएको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया