ललितपुर । जावलाखेल स्थित आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रले विश्व बाथ रोग दिवस (अक्टोबर १२ ) का अवसरमा आज आफ्ना सेवाग्राहीलाई निःशुल्क फिजियो थेरापी सेवा दिएको छ ।
सदनका प्रबन्ध निर्देशक हरि तिमल्सिनाका अनुसार आज विश्व बाथरोग दिवस २०८२ का अवसरमा देशका विभिन्न स्थानबाट आएका सेवाग्राही लाई आवश्यक फिजियो थेरापी निःशुल्क उपलब्ध गराइएको हो । २०६५ सालमा स्थापना भएको नेपालकै पहिलो आधुनिक चिकित्सा पद्धति अनुसारको बाथरोग उपचार केन्द्र आरोग्य स्वास्थ्य सदनमा नेपाल बाहिरका तिब्बत, दार्जिलिङ सिक्किम र बिहारबाट समेत बिरामी आउने गरेका छन् ।
आज उपचारका लागि मनाङबाट आएका बिरामीले यहाँ उपचार राम्रो हुन्छ भन्ने सुनेर आएको बताए । यसै गरी आरोग्य स्वास्थ्य सदनका चिकित्सकसँग परामर्श लिई रहेका एक दम्पतीले यस अघि अनेत्र उपचार गराएको तर यहाँको उपचार भरपर्दो भएको सुनेर आएको बताई रहेका थिए ।
बिजनेस पाटी सँगको कुरा कानीमा विगत २२ वर्ष देखि बाथरोगको उपचार गराई रहेकी गोरखाकी सेवाग्राहीले आफू आरोग्य स्वास्थ्य सदनको नियमित सेवाग्राही रहेको र उपचार सेवाबाट सन्तुष्ट रहेको बताइन् । आरोग्य स्वास्थ्य सदनमा विगत १७ वर्ष देखि वरिष्ठ बाथरोग विशेषज्ञ चिकित्सकहरूले सेवा दिँदै आएका छन् ।
यहाँ आएका बिरामीहरूले चिकित्सकले सुझाएको औषधी लिन अनेत्र जानु पर्दैन । क्लिनिक परिसरमै रहेको फार्मेसीले बिरामीलाई चाहिने औषधी सुपथ मूल्यमा बिक्री गर्दै आएको छ । उक्त फार्मेसी सातै दिन बिहान ७ बजे देखि बेलुकी अबेर सम्मै खुला रहने फार्मेसीका सञ्चालकले जानकारी दिएका छन् । सातामा छ दिन नियमित सेवा दिँदै आएको आरोग्य स्वास्थ्य सदन बाथरोग उपचारको लागि देशैभर बाट रेफर गरिने अन्तिम विकल्प जस्तै भएको छ । यहाँ अत्याधुनिक प्याथोलोजी ल्यावको सुविधा पनि छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया