धरान । इटहरी बजारमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा लिन कठिन भएको छ । प्लाजाको पाँचौ तलाबाट सुरु भएको आगो अरु तलामा पनि फेलिएको छ ।
प्लाजामा आगो लागेको र भवन भित्र केही व्यक्तिहरु फसेका थाहा पाउने वित्तिकै गृहमन्त्रालयले भित्र रहेका व्यक्तिहरुको उद्धारका लागि सेनाको हेलिकप्टर पठाइसकेको जानकारी प्राप्त भएको छ ।
आगलागी विद्युत सर्ट भएर लागेको हो या ग्यास लिक भएर लागेको हो भन्ने कुरा खुलेको छैन । यतिबेला भवनमा लागेको आगो नियनत्रणका लागि चारवटा दमकल र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सेन्टर प्लाजा भित्र लक्ष्मी सनराइज बैंक , सिनेमा हल, र अन्य थुपै्र व्यवसाय सञ्चालन छन् ।
उक्त सेन्ट्रर प्लाजाका भवनभित्र व्यवसाय सञ्चालन गर्ने व्इवसायी र दर्जनौं कर्मचारी रहेका थिए । उनहरुको उद्दारका लागि ठूलो संख्यामा प्रहरी र स्थानीय बासिन्दा खटिरहेका छन् । कतिपय व्यवसायी र त्याहाँ काम गर्ने कामदारहरु आगोको मुस्लोका कारण बाहिर निस्कन सकेका छै्रनन् । उनीहरुलाई सकुशल उद्दार गर्न विशेष पहल भइरहेको छ ।
भवन निकै अग्लो भएका कारण पनि आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ ।
यो भवन इटहरीका व्यवसायी राजेश श्रेष्ठको हो । आगोले भवनभित्र ठूलो क्षति भएको अनुमान गर्न सकिन्छ ।