काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
मध्य प्रदेशको मन्दसौर क्षेत्रमा गाडी दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका मानिसहरु दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ ।
गाडी एकाएक मोटरसाइकलसँग ठोक्किएपछि नियन्त्रित भएर नजिकैको इनारमा खसेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा मोटरसाइकल र इनारमा खसेकालाई बचाउन इनमारमा हामफाल्ने एक व्यक्ति पनि परे । मोटरसाइकल चालकको भने घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकको परिवारलाई दुई लाख भारतीय रुपैयाँ आर्थिक क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।