|
|
२०८२ कार्तिक १०
1.6k views
ललितपुर । ललितपुरको इमाडोलस्थित किष्ट अस्पताल यतिबेला प्रहरीको घेराबन्दीमा छ । अस्पतालको लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा प्रदर्शन थालेपछि किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
यतिबेला इमाडोल स्थित किष्ट अस्पताल प्रहरीले घेरेर राखेको छ भने बाहिर ठुलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् ।
घटना शुक्रबार अर्थात् कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीका कारण गर्भवती महिलाको ज्यान गएको आरोप मृतकका आफन्तहरूको छ । तीन दिन बितिसक्दा पनि अस्पतालले संवादका लागि नबोलाए भन्दै उनीहरुले आक्रोश पोखिरहेका छन् ।
अस्पताल प्रशासनले बिरामीको मृत्यु हुँदा पनि संवादका लागि नबोलाएको भन्दै आक्रोशित आफन्तहरूले आइतबार अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।






















फेसबुकबाट तपाईको प्रतिक्रिया