२०८२ असार २६

ललितपुर । दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा सुनुवाइपछि उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
साइबर ब्युरोले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिएको थियो
फेसबुकबाट तपाईको प्रतिक्रिया