उद्योग बाणिज्य महासंघको अधिवेशन मंसिर ११ मा हुने

काठमाडौं –३०,असोज  २०७७

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा मंसिरमा हुने भएको छ।आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा र निर्वाचन हुने उद्योग बाणिज्य महासंघले जनाएको छ।

महासंघको सो उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुने भएको छ।

महासंघले १३ गते निर्वाचन हुने जनाएको छ। त्यसका लागि तीन ठाउँ तोकिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुने महासंघले जनाएको छ।

महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचन हुन लागेको हो।

कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया