Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सक सङ्घ आन्दोलनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सक सङ्घको आकस्मिक बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । संघको अगुवाइमा भएका आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।

उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरलाई क्षतिपूर्ति भराउने फैसलाको विरोध गर्दै आन्दोलन सुरु सुरु गरेको हो ।

संघका महासचिव डा सञ्जीव तिवारीले शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार आफूहरूको मागका सम्बन्धमा शुक्रबार संघका कार्यालयहरूमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

यस्तै आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने, २४ गते नेपाल मेडिकल काउन्सिललाई प्रमाणपत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया