ललितपुर । नेपालमा विश्वस्तरीय निर्माण तथा खानी उपकरणहरूको आधिकारिक वितरक एक्प्लोर अर्थ मुभर्स प्रालि (Explore Earth Movers Pvt. Ltd.) ले अत्याधुनिक प्रविधियुक्त UNIROC WD581 ड्रिलिङ रिग लाई पहिलो पटक नेपालको बजारमा सार्वजनिक गरेको छ।
UNIROC WD581 लाई आधुनिक प्रविधि, उच्च क्षमता र बलियो डिजाइनसहित निर्माण, खानी र उत्खनन (Quarry) क्षेत्रमा प्रयोगका लागि तयार गरिएको हो। यस उपकरणको प्रयोग कठिन भू-भागमा समेत उपयुक्त रहेको छ, किनभने यसमा बलियो बनावट, उन्नत नियन्त्रण प्रणाली, उच्च इन्धन दक्षता र उत्पादन क्षमता रहेको छ।
कम्पनीका प्रतिनिधिले सार्वजनिकरणका क्रममा भने, “हामीले पहिलो पटक नेपालमा UNIROC WD581 प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं । यो नवीनतम प्रविधिले नेपालको निर्माण र खानी उपकरण क्षेत्रलाई नयाँ स्तरमा पुर्याउनेछ । यसको उत्कृष्ट प्रदर्शन, इन्धन दक्षता र भरपर्दोपनले देशको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।”
UNIROC WD581 मा शक्तिशाली इन्जिन, उन्नत हाइड्रोलिक प्रणाली र चालकमैत्री नियन्त्रण प्यानल जडान गरिएको छ, जसले उच्च सटीकता र कम इन्धन खपत सुनिश्चित गर्छ । नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर राख्दै डिजाइन गरिएको यो उपकरणले सञ्चालनमा सुरक्षाको उच्च मापदण्ड राखेको छ ।
यस मेसिन सार्वजनिकसँगै एक्प्लोर अर्थ मुभर्स प्रालिले नेपालमा आधुनिक, दिगो र प्रविधियुक्त मेसिनरी प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ, जसले देशको पूर्वाधार विकासमा द्रुत टेवा पुर्याउनेछ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया