काठमाडौं । एक वर्षको मुद्दती निक्षेपमा नेपाल राष्ट्र बैंकले ९७ करोड लगानी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा ९७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गरी ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा आफ्नो उपदान र पेन्सन कोषमा रहेको ९७ करोड बराबर ््रकम मुद्दती निक्षेपमा लगानी जनाएको छ ।
राष्ट्र बैंकले उक्त रकम फरक फरक गरेर वाणिज्य बैंक, विकास बैंक र वित्त कम्नप्मा लगानी गर्ने छ । यसमध्ये ७७ करोड ६० लाख वाणिज्यमा, १४ करोड ५५ लाख विकास बैंकमा र ४ करोड ८५ लाख वित्त कम्पनीमा लगानी गर्नेछ । त्यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी ३ वैशाख साँझ ७ भित्र आवेदन दिनुपर्ने छ ।
यसका लागि राष्ट्र बैंकले केही सर्त समेत राखेको छ । जस्तो कि ऋण लिन इच्छुक बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पूँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।