ललितपुर । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा सार्वजनिक खर्च तथा ऋण व्यवस्थापन सुधार गर्न र संघीय तथा स्थानीय तहमा स्रोत योजना, वित्तीय व्यवस्थापन तथा सेवा प्रवाह सुदृढ बनाउननेपालका लागि १० करोड डलर ऋण स्वीकृत गरेको छ । यो कार्यक्रमले वित्तीय दिगोपन सुदृढ गर्ने, सुशासन सुधार गर्ने र स्थानीय तहलाई अझ सशक्त बनाउने सुधारलाई तीव्र बनाउने जनाइएको छ ।
यो पहल नेपाल सरकारको पञ्चवर्षीर्य योजनासँग मेल खान्छ । नेपालमा वित्तीय सुशासन तथा विकेन्द्रीकरण सुधार अघि बढाउन एडीबीले गरेको अघिल्लो सहुलियतपूर्ण नीतिनिर्देशित सहयोगकै आधारमा तयार गरिएको हो । कार्यक्रमले खर्च तर्कसंगत बनाउने, राजस्व उत्पादन बढाउने, वित्तीय जोखिम घटाउने, नयाँ वित्तीय स्रोत परिचालन गर्ने तथा सार्वजनिक संस्थानहरूको व्यवस्थापन र सुशासनलाई सुधारेर वित्तीय दिगोपन र वित्तीय संघीयता मजबुत बनाउने बताइएको छ ।















फेसबुकबाट तपाईको प्रतिक्रिया