२०८२ कार्तिक २३ | Nov 09, 2025

एनआइसी एशिया बैंकका ग्राहकले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट सुविधा पाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २८
|
1.1k views

ललितपुर । एनआइसी एशिया बैंकका ग्राहकहरुले नवलपुरमा रहेको अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपाउने भएका छन् । छुट सुविधा पलब्ध गराउने सम्बन्धमा उक्त होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

बैंक र रिसोर्टबीचको यस समझदारीसँगै अब बैंकका ग्राहकले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा पाउने भएका हुन् ।

यसका लागि यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया