२०८२ कार्तिक २३ | Nov 09, 2025

एनआइसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थनगर, रुपन्देहीमा रहेको एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट सुविधा उपलब्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३०
|
714 views

ललितपुर । एनआइसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

बैंकका अनुसार समझदारी पश्चात् बैंकका ग्राहकले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । एनआईसी एशियाका ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्नेछन् ।

यस सुविधाको उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया