एनआइसी एसिया बैक र लाईफ ईन्स्योरेन्स कर्पोरेशबीच बैंकास्योरेन्स सम्झौता

बिजनेसपाटी २ मंसिर ।

एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया