ललितपुर । एनआइसी एसिया लघुवित्तले बागमती, कोशी र सुदुर पश्चिम प्रदेश अन्तर्गतका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार सञ्चालित कार्यक्रम बागमती प्रदेशको सिंगटि शाखा, कोशी प्रदेशको धाइजन शाखा तथा सुदुर पश्चिम प्रदेशको कलुवापुर शाखामा भएको थियो । कार्यक्रमबाट सिंगटि शाखाका ३१ जना, धाइजन शाखाका ७० जना तथा कलुवापुर शाखाका ३८ जना सदस्यहरु लाभान्वित भएका छन् ।
संस्थाले ग्रामीण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै यस लघुबित्तले आगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा संस्थाका प्रदेश प्रमुखदेखि शाखा प्रमुखसम्मले बचतको उपयोगिता, कर्जाको सहि प्रयोग द्वारा आर्थिक जीवनस्तरमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रमका अन्य सहभागीहरुले आफुले प्राप्त गरेको वित्तीय ज्ञानले आफ्नो दैनिक क्रियाकलापमा ठूलो परिवर्तन आउने प्रतिक्रिया समेत व्यक्त गरेका थिए ।