एनआईबिएल ग्रोथ फण्डको इकाई बाँडफाँड

काठमाडौं ०५ माघ २०७९ ।एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल ग्रोथ फण्ड” योजनाको रु.१०÷—अङ्कित दरको सोह्र करोड इकाईहरु मिति पुस ०७ गते देखि २१ गतेसम्म सार्वजानिक रुपमाल विक्री आह्वान गरिएको थियो ।उक्त योजनाको इकाई बाँडफाँड माघ ०३ गते सम्पन्न भएको छ ।एनआईबिएल ग्रोथ फण्डको प्रतिइकाई अंकितमूल्य रु १०÷ — दरको सोह्र करोड इकाईहरु मध्ये बीज पूँजी वापत १% अर्थात १६,००,००० (सोह्र लाख) इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९%अर्थात तीन करोड चार लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लागि गरी कुल निष्काशन गरिने इकाई मध्ये तीन करोड बिस लाख इकाई सुरक्षित राखी बाँकी रहेको बाह्र करोड असीलाख इकाईको पौष ०७ गते बिहिबार देखि पौष २१ गते बिहिबार सम्म निशकाष्न तथा बिक्री खुल्लाल गरिएको थियो ।

सो अवधिभित्र ४२,०६० आवेदकहरु मार्फत ९,९३,६७,९००÷—इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा रु १,३१,३६,७९,०००÷— हुने भएको र योजनाव्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिजपूँजीको रुपमा रु ६३,२१,०००÷— थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माग गरेअनुसार धितोपत्र निष्काशनतथा बाँडफाँड निर्देशिका २०७४ बमोजिममिति २०७९ माघ ३ गते बाँडफाँड गरिएको छ । रु ६३,२१,०००÷— थप गरी योजनाको आकार रु १,३२,००,००,००० कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया