एनआईसीको २ नयाँ शाखाहरु कास्कीको न्यूरोड पोखरा र नौडाँडामा
बिजनेसपाटी १३ भाद्र ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा आएको छ । बैकको कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरा स्थित शाखाको एनआईसी एशिया बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालबाट र अन्नपूर्ण गाउँपालिका, वडा नं. १, नौडाँडा स्थित शाखाको एनआईसी एशिया बैंकको संचालक बिनोद कुमार प्याकुरेलबाट आज भव्य समारोहका बिच समुद्घाटन भएको छ ।
मुलुकभर २४१ शाखा कार्यालयहरु, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन एनआइसी एसिया बैक सफल भएको छ । बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया