एनआईसी एशिया बैंक र आईएमई लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स
बिजनेसपाटी २६ मंसिर ।
एनआईसी एशिया बैंक लिमिटेडले आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने भएका छन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया