एनआईसी एसिया बैकको दुई नयाँ चमत्कारी कर्जा योजना

बिजनेसपाटी २७ भाद्र ।
“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनमानसमा केन्द्रित रहेर बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एनआईसी एशिया बैंकले चमत्कारिक विशेषताका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” सार्वजनिक गरेको छ । बैकलाई थप सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बनाउने उद्देश्यका साथ यस योजनाहरु सञ्चालनमा ल्याइएको बैकले जनाएको छ ।
चमत्कारिक सवारी कर्जा
“एन आई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने ग्राहकहरुले समेत लाभ उठाउन सक्ने बताइएको छ ।
चमत्कारिक सवारी कर्जाका आर्कषक विशेषताहरु ः
१. तुरुन्तै कर्जा स्वीकृति हुने
२. अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि
३. अति न्यून मासिक किस्ता रकम (सवारीको मुल्य अनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने )
४. आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था

चमत्कारिक घर जग्गा कर्जा
“एन आई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ एनआईसी एशिया बैंकले चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ ।
चमत्कारिक घर जग्गा कर्जाका आकर्षक विशेषताहरु ः
१. आफ्नो आम्दानी अनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने
२. अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
३. आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
४. कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
५. मासिक ब्याजदर ०.९% मात्र
६. प्रशासनिक सेवा शुल्कमा विशेष छुट
७. आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने

दुवै चमत्कारिक कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट आदरणीय ग्राहक महानुभावहरुलाई आफुले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने बैकले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया