२०८२ कार्तिक २७ | Nov 13, 2025

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २८
|
153 views

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्कीको मादी गाउँपालिकास्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि अगुवा बैंक रहनेछ ।

२४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको लागत करिब ५ अर्ब ३५ करोड रुपैयाँ रहने जानकारी गराइएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ ।

एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

त्यसैगरी सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिद्वारा कास्कीकै अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजनाले २०८१ सालको कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको जानकारी गराइएको छ ।

उक्त आयोजना एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागू गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया