काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरेको नियुक्ति भएको छ । उनले बुधबारबाटै बैंकको सिईओ पदको कार्यभार सम्हालेका छन् । करिव तीस वर्षको बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे विगत १६ बर्षदेखि एनएमबि बैंकसँग आबद्ध रहँदै आएका छन् ।
बैंकको विभिन्न विभाग तथा शाखाहरुमा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गरेका घिमिरे यस अघि एनएमबी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । लामो समयदेखि उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा उनले आफ्नो भूमिका निर्वाह गर्दैै आएका छन् । घिमिरे एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवाा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय देखिन्छन् ।
नव नियुक्त सीईओ घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा ब्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका आफ्नो धारणाहरु सार्वजनिक गरेका छन् ।
उनले भने, “मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ। डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं, ।”