२०८२ मंसिर २८ | Dec 14, 2025

एनजी आएका कक्षा ८ का विद्यार्थीले पुनः परीक्षा दिन पाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ७
|
765 views

काठमाडौं । काठमाडौं महानगरपालिकाले एनजी आएका विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा ८ को आधारभूत शिक्षा परीक्षाको नतिजमा सैद्धान्तिकतर्फ मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थीहरुका लागि काठमाडौं महानगरपालिकाले पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । जेडी ग्रेडवृद्धि परीक्षा २०८२ को नतिजा “एनजी” आएको विद्यार्थीका लागि पुनः परीक्षा हुनेछ ।

एनजी आएका विद्र्याीहरुका लागि बैशाख ८ गतेदेखि हुने परीक्षा सञ्चालन हुने जानकारी दिँदै महानगरले सम्बन्धित विद्यालयलाई परीक्षा तयारी तथा सञ्चालनमा आवश्यक सहयोग गर्न एक सूचनामार्फत निर्देशन दिएको छ।

सूचनामा मार्फत् परीक्षा केन्द्र सम्बन्धित विद्यालयमै रहनेछ भने उत्तर पुस्तिका संकलन, प्रश्नपत्र व्यवस्थापन लगायतका कार्यहरु विद्यालयको प्राचार्यमार्फत हुने जनाइएको छ। साथै उत्तरपुस्तिका र प्रमाणपत्र शिक्षा विभागमा बैशाख १६ गतेभित्र बुझाइसक्नु पर्ने कुरा सूचनामार्फत् भनिएको छ ।

e4338b5e-933c-4fd1-a8d2-8ad4c7d356ff

फेसबुकबाट तपाईको प्रतिक्रिया