एन आई सी एशिया बैंकको २ नयाँ शाखा धादिङ्गको गजूरी र गल्छीमा

बिजनेसपाटी २१ श्रावण ।
एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु विधिवत उद्घाटन भएको छ । बैकको गजूरी गाँउपालिका वडा नं. १, धादिङ्ग स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं ७, धादिङ्ग स्थित गल्छी शाखा गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठबाट आज एक समारोहका बिच समुद्घाटन भएको हो ।

हाल यस बैक मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख७५ हजार रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया