‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

काठमाण्डौ १९ माघ २०७९ ।एनआई सी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’भन्ने मूलभावका साथ २०७९ माघ १३ गते ‘एनआई सीएशियामर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ । बैंकको सहायक प्रमुखकार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारहरुको उत्साहजनक सहभागिता रहेको थियो ।‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्वबजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंक’बन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले देखाउनु भएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले ‘एनआई सी एशिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेका ेविभिन्न डिजिटल सेवाहरु तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरुको बारेमा जानकारी गराएका थिए । साथै, यस प्रकारको कार्यक्रमहरु आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ । हाल सम्म २१ लाख बढी मोबाइल बैंकिङ्ग ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाखबढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३०० बढी ई–कमर्श मर्चेन्टहरुको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुले बैंकसँग सहकार्य गरिरहेका छन्।
एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूह सम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथाउच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हाल सम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया