२०८२ मंसिर २० | Dec 06, 2025

एन आई सी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुनराज खनियाँ

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख १५
|
612 views

काठमाण्डौ १५ बैशाख २०८१

एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका खनियाज्यूले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगाल्नु भएको छ । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गर्नु भएका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त हुनु भएको थियो । तत्पश्चात बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिनु भएका खनिया हाल बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको Transformational Journey मा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गर्नुभएका खनियाज्यूलाई बैंकले दिएको यस नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने छ भन्ने पूर्ण विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया