२०८२ माघ २९ | Feb 12, 2026

एभरेष्ट बेैंकद्वारा ग्लोबल मनी वीक २०२५ कार्यक्रम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १२
|
459 views

काठमाडौं । नेपाल राष्ट बैंकको संयोेजनमा बिगत वर्षहरुजस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले मिति चैत ४ देखि सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनी वीक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले ७ वटै प्रदेशका आफ्ना विभिन्न शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरm बिच वित्तीय साक्षरता सन्देश दिएको छ ।

थींक विफोर यु फलो, वाइज मनी टुमरो भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरmले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरु समावेश गरिएको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक र १३१ शाखा छन् । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया