२०८२ मंसिर १९ | Dec 05, 2025

एभरेष्ट बैंकको नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १५
|
255 views

एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तुराखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा।बालगोपाल वैद्यले अनावरण गरेका छन् । सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो ।

बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया