एमालेले परिवार दलको उम्मेदवारी दिएका ठाउँमा सहयोग गर्नु पर्छ- अध्यक्ष ढकाल

काठमाडौं २३ बैशाख २०७९।चुनाबी प्रचारको अभियानकै क्रममा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल धनगढी कैलाली पुगेका छन् । बिहिबार कैलालीको धनगढी उप महानगरपालिका वडा नं १३ का वडा अध्यक्षको उम्मेदवार बिशाल चौधरी र वडा नं ३ का अध्यक्ष रितिक आचार्यको चुनाबी अभियानमा सहभागि हुन ढकाल धनगढी गएका हुन् ।बिहिबार कैलालीको श्रीलंका र भन्सार सम्झना टोलमा आयोजीत चुनाबी सभा तथा घरदैलो अभियानमा अध्यक्ष ढकाल सहभागि भएका थिए ।नेकपा एमाले सँग पाचँ बुदे सहमति गरेर बैशाख ३० गते हुने निर्बाचनमा सहकार्य गरेको नेपाल परिवार दलले आफुले उम्मेदबारी दिएको स्थानीय निकायमा दलको चुनाव चिन्ह ‘साँचो’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न मतदातालाई आँवहान गदै आएको छ । अध्यक्ष ढकालले एमालेसँग स्थानीय तहको निर्वाचनमा परिवार दलले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेद्वारहरुलाई सघाउने गरी आपसी सहकार्य भएको बताएका छन् ।


दुबै चुनाबी सभालाई सम्बोधन गदै पूर्वमन्त्री समेत रहेका ढकालले बिभेद रहित समतामुलक समाज निर्माण गर्न परिवार दल आवश्यक रहेको बताए । उनले एमालेसँग भएको सहमतिलाई अक्षरस पालना गर्न परिवार दल तयार रहेको बताउँदै परिवार दलले उम्मेदवारी दिएका ठाउँमा एमालेले सहयोग गर्नु पर्ने कुरामा जोड दिए ।अध्यक्ष ढकालले अहिलेको स्थानीय तहमा नितिगत भष्ट्रचार भएको भन्दै त्यसको नियन्त्रण गर्न भोट हाल्ने ठाउँ परिर्वतन गरी परिवार दल जस्तो दललाई रोज्नुपर्ने बताए । उनले परिवार दलले थोरै ठाउँमा उम्मेदबारी दिएको भन्दै ति ठाउँमा जितेको खण्डमा काम गरेर देखाउने बताए ।आफ्नो गाउँबाट आफैले नेतृत्वचयन गर्न नचुक्न आग्रह गदै ढकालले धनगढी उपमहानगरपालिका बडा नं ३ को आचार्य र १३ को बडा अध्यक्ष चौधरीको जित सुनिश्चीत रहेको बताए । परिवार दलका सहमहामन्त्री मनोज सुर्खेतिले परिवार दल सरकारमा रहदाँ सकारात्मक काम गरेको उल्लेख गदै स्थानीय तहको बिकासको लागि पुराना दल हैन परिवार दल जस्तो नयाँ दलले जित्नुपर्नेमा जोड दिए । उनले सिहदरबारको अधिकार गाँउ गाँउमा पु¥याउने अवसर स्थानीय तहको निर्बाचन भएकोले नयाँ अनुहारलाई मतदान गर्न आग्रह गरे ।


चुनाबी सभालाई सम्बोधन गदै परिवार दलकी केन्द्रीय सदस्य बुद्धिमाया पुनले नयाँ कुरा खोज्न नयाँ पाटी रोज्नुपर्ने बताउँदै नेपाली जनताको सम्बृद्धिको सपना बोक्ने दल परिवार दल भएको बताए । दलका केन्द्रीय सदस्य एवम् सुदुरपश्चिम संयोजक खडग सिह नगरीले एक पल्ट काम गरेर देखाउनको लागि पनि परिवार दललाई बिश्वास गर्न आग्रह गदै परिर्वतनको शुरुवात आफूबाट गर्नु पर्नेमा जोड दिदै त्यसको लागि भोट हाल्ने ठाउँ परिर्वन गर्न आग्रह गरे ।दलकी केन्द्रीय सदस्य बिष्णु कुमारी बि।केले परिवार दलले बोकेको बिचारले मात्र देशको बिकास गर्न सक्ने बताईन । परिवार दलका धनगढी उपमहानगर पालिका १३ का बडा अध्यक्ष बिसाल चौधरीले स्थानीय तहमा हुने भष्ट्रचारको अन्मुलन गरौ ः निश्पक्ष नेतृत्व, शुसासन तीब्र बिकासका लागि परिवार दलको तर्फबाट उम्मेदबारी दिएको बताए । परिवार दलका तर्फबाट धनगढी उपमहानगरपालिका ३ का बडा अध्यक्ष रितिक आचार्यले स्वास्थ्य,शिक्षा ,खेलकुद,वातावरण,सरसफाई,लगायतको क्षेत्रको बिकास गर्नको लागि बैशाख ३० गतेको निर्वाचनमा हुने निर्बाचनमा परिवार दलको चुनाब चिन्ह साँचोमा मतदान गर्न आग्रह गरे । चुनाबी सभामा सोही क्षेत्रका भलमन शाह आईतराम चौधरी, रुन्चे चौधरी, समाजसेबी बुदमणी अधिकारी, बडा नं १३ महिला सदस्य बिमला देबी डौगौरा परिवार दल कञ्चनपुरका अध्यक्ष प्रेम परियार, सुन्दरलाल चौधरी लगायतले बोलेका थिए । नेपाल परिवार दलले एक्लैले तीन दर्जन भन्दा बढी स्थानमा उम्मेदबारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया