२०८२ मंसिर २४ | Dec 10, 2025

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २४
|
969 views

ललितपुर । नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ।

हाल मुलुकमा विद्यमान असामान्य र जटिल परिस्थितिका बारेमा छलफल गर्नका लागि आगामी मंसीर २ गते दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

बर्तौलाले लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विघटित प्रतिनिधि सभाका सांसदहरुसँग एमालेले छलफल गर्न लागेको बताएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया