काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड (एलआईसी) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक भएको हो ।
बीमा प्राधिकरणको पत्र स्वीकृत भएसँगै बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम ४१ रुपैयाँदेखि ६५ रुपैयाँसम्म घोषणा गरेको हो। कम्पनीले जीवन बीमा, जीवन साथी, जीवन श्री बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५३ रुपैयाँ प्रतिहजारका दरले बोनसदर निर्धारण गरेको छ ।
सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र जीवन आनन्द बीमा योजनामा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। त्यस्तै बाल सावधिकमा ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ र अधिकतम ५७ रुपैयाँ बोनस दिने भएको छ।
त्यसैगरी कम्पनीले जीवन तरङ्ग बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, न्यू जीवन तरङ्ग बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, जीवन बचत बीमा योजनामा ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। यो बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था नभएसम्मको लागि कायम रहने छ ।
कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।